site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिभुवन आर्मी र हेल्प नेपाल फाइनलमा भिड्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले विभागीय डर्बी खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । आर्मी क्लबले अब उपाधिका लागि हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । 

राष्ट्रिय भलिबल टोलीका खेलाडीको बर्चश्व रहेको त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५–१७, २५–१७, २५–१९ को स्कोरमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

साविक विजेता हेल्प नेपालले पनि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा हेल्प नेपालले  पुलिस क्लबलाई २५–१७, २५–१८, २५–२१ को स्कोरमा हराएको हो । 

आजै सम्पन्न महिलातर्फको सेमिफाइनलमा न्यू डायमन्ड स्पोर्टस क्लब र एपीएफले आ–आफ्नो खेल जित्दै फाइनलमा स्थान बनाए । न्यू डायमन्डले नेपाल पुलिस क्बललाई ३–२ को सेटमा हराएको थियो भने एपीएफले पनि त्रिभुवन आर्मी क्लबलाई ३–२ कै सेटमा हराएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय