site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान  
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट उनी बैंकक गएका हुन् ।

पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

उनको जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि बैंकक गएका हुन् । यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्