site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१५० अंकभन्दा माथिले उतारचढाव भएर १३ अकंले बढ्यो नेप्से 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो केही दिनयता लगातार घट्दो क्रममा देखिएको सेयर बजारमा आज सामान्य हरियो देखिएको छ । गएको भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकको विन्दु कायम गरेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो ।

पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीको गिरावट भएको सेयर बजार परिसूचक नेप्से आज भने १३.८३ अंकले वृद्धि भएर २७१२.०७ अंकमा बन्द भएको छ ।

आज सुरुवातदेखि नै तीव्र उतारचढाव देखिएको नेप्सेमा १५० अंकभन्दा बढीले तलमाथि भएको छ । कारोबार सुरु भएको ३१ मिनेटमा नै नेप्से  ८३ अंकभन्दा माथिको गिरावट हुँदा २६१३.८७ अंकसम्म झरेको थियो । त्यसपछि केही सयमा नै हरियो बन्न पुगेको नेप्से उतारचढावका क्रममा करिब ७० अंकको वृद्धि भएर २७६६.४५ अंकसम्म पुगे पनि अन्तिममा पुनः घटेर २७१२ अंकको विन्दुमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार परिसूचकमा वृद्धि भए पनि आज कारोबार रकम भने सोमबारको तुलनमा घटेको छ । आज नेप्सेमा एक करोड ३५ लाख ६ हजार ६१ कित्ता  सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३६ करोड ४७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा व्यापार, वित्त कम्पनी, उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । व्यापार उपसूचकमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७५ प्रतिशतले बढेको छ ।

Global Ime bank

यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२ प्रतिशतको सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.३८ प्रतिशत, लगानी उपसूचक १.३७ प्रतिशत र जीवन बिमा उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ ।

आज बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोडका सेयर कारोबार हुँदा नबिल बैंकको साढे २० करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको र हिमालयन डिस्टिलरीको पनि २० करोड कारोबार भएको छ ।

आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १२२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५४ कम्पनीको भने सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल् य स्थिर रहेको छ । कारोबारमा आएको मध्ये मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा  रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सवाधिक ३.४२ प्रतिशतले गिरावट हुँदा जानकी फाइनान्सको सेयर मूल्य ३.२६ प्रतिशत, माउन्टेन इनर्जीको सेयर मूल्य  २.९४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement