site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७, बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय एक १७ वर्षीया किशोरीलाई यी तीनजना मिलेर राति जंगलमा सामूहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही सुरु गरिएको डीएसपी रिजालले बताए ।

गएको बुधबार गाउँमा साँझ तिजको नाच हेर्न गएकी ती किशोरी बिहीबार बिहान २ बजेतिर एक्लै एक्लाबरनजिक जंगलको बाटो हुँदै घर फर्किने क्रममा सामूहिक बलात्कारमा परेको जाहेरीमा उल्लेख छ ।

Global Ime bank

बिहीबार प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डीएसपी रिजालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement