site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्तो : नेपाली सेना के भन्छ ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रूपमा लिन सकिने स्पष्ट पारेको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्तोका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा कार्यक्रममा सहभागी हुन उनीहरूलाई निमन्त्रणा प्राप्त भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिका रूपमा भाग लिई अवलोकन गर्नुभएको थियो । यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताका रूपमा उहाँहरूको निम्तालाई लिन सकिन्छ ।”

भारतीय सेनाका मानार्थ महारथी रहेका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट ‘चिफ कन्क्लेभ सेमिनार’का लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उनीहरू व्यक्तिगत रूपमा कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

Global Ime bank

पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वलशमशेर राणा, प्यारजंग थापा, रुक्मांगत कटवाल, छत्रमान गुरुङ, गौरवशमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो ।

उनीहरूलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह–सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुनसक्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय