site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको सबैभन्दा बाक्लो जनघनत्व भएको सहर काठमाडौं पनि अब लगभग पूरै खुला गरिएको छ । नेपाल सरकारले गत २०७६ चैत ११ गते देशव्यापी बन्दाबन्दी (लकडाउन) सुरु गरे यता पहिलोपटक काठमाडौं उपत्यकाको जनजीवन पूरा खुला भएको हो ।

विद्यालयका हकमा बाहेक अरू सबै उद्योग व्यापार खुला गरिएकाले बजारमा पक्कै बढी नै चहलपहल बढ्नेछ । मनोरञ्जनका क्षेत्रहरू पनि खुलेकाले नौला व्यक्तिहरूबीच पनि सम्पर्क र अन्तर्क्रिया बढ्छ । यसले जनजीवन सामान्य भएको देखाउँछ ।

परन्तु, जनजीवन सामान्य भए पनि कोभिड-१९ को सङ्क्रमण भने साम्य भइसकेको छैन । अझै पनि दिनहुँ सङ्क्रमित हुनेको सङ्ख्या १५ सयको हाराहारीमा नै छ । एक करोड मात्राभन्दा बढी खोप दिइसकिएको र दुईतिहाइमा प्रतिरोधक क्षमता विकास भएको भए पनि यत्तिका भरमा सङ्क्रमणलाई बेवास्ता गर्नु आत्मघाती मूर्खता हुन्छ ।     

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा सङ्क्रमितको सङ्ख्या फेरि उकालो लाग्न थालेको छ । भदौ ६ मा २५ हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका थिए भने १७ गते ४५ हजार नाघेको छ । भारतमा सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पिन सङ्क्रमणको जोखिम बढ्छ ।

गाउँ र सहरका बीचमा मात्र हैन पहुँच हुने र नहुनेका बीचमा पनि खोपको न्यायोचित वितरण हुनसकेको छैन । सहरमा सडकमा काम गर्नेहरूमध्ये धेरैले खोप लगाउन पाएका छैनन् भने गाउँमा त झन् बढी विभेद छ । 

Global Ime bank

बालबालिकाले त झन् खोप पनि पाएका छैनन् । यस अवस्थामा सङ्क्रमणको दर बढ्ने र बालबालिका बढी सङ्क्रमित हुने जोखिम देखिन्छ । उता शुल्क उठाउनैका लागि पनि  भौतिकरूपमा विद्यालय सञ्चालन गर्न सञ्चालकहरू तम्सनेछन् । विद्यालय उमेरका केटाकेटीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम राख्न लगाउन उत्तिकै कठिन हुनेछ । 

यसैले सरकारले निषेधाज्ञा हटायो भन्दैमा कोभिड - १९ को सङ्क्रमणको जोखिम नै सकिएजसरी हेलचेक्य्राइँ गर्नु आत्मघाती हुनेछ । बजारमा व्यवसाय र किनमेल गर्नेहरूले भिडभाड नगर्ने र सकेसम्म भौतिक दूरी कायम राख्ने तथा मास्कको अनिवार्य प्रयोग गर्ने अभ्यास गर्न नबिर्सौँ ।
 
सरकारी कर्मचारीले पनि प्रतिबन्ध फुकुवा गरेपछि नियमन गर्न पनि नपर्ने कारिन्दे मानसिकता त्याग्नुपर्छ । यथार्थमा निषेध नभएपछि अनुगमन झन् कडा गर्नुपर्छ । तर, सङ्क्रमणको शङ्का लागेमा निःशुल्क परीक्षण एव‌ं खोपको न्यायोचित तथा व्यापक वितरण पनि सँगै हुनुपर्छ । अनिमात्र अनुगमनमा कडाइ गर्ने नैतिक बल मिल्नेछ ।
 
सरकार  र जनता सबै उत्तिकै सावधान होऊँ । बालबालिकालाई कोभिडको सङ्क्रमणबाट बचाउन थप सावधानी अपनाऊँ । नबिर्सौँ, कोभिड सङ्क्रमणको जोखिम कायमै छ । सावधानी नै अहिलेको सञ्जीवनी हो ।


 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement