site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले राजीनामा दिएका हुन् ।

“दुई डाक्टरले पार्टीको १० औँ महाधिधवेशनदेखि हुँदै आएको समावेशी प्रतिनिधित्व धुलिसात पार्नुभएको छ । यो व्यवस्थाले कांग्रेसमा दलित समुदायको प्रतिनिधित्व शुन्यमा पुर्‍याएकाे छ,” रााजीनामा बुझाएपछि विश्वकर्माले बाह्रखरीसँग भने, “त्यसैले पदमा बसिरहन नैतिक नठानेर राजीनामा दिएका हुँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले संविधानमा समावेशी व्यवस्था नहुँदै कांग्रेसले गरेको समावेशी प्रतिनिधित्वसमेत डाक्टरद्वयले समाप्त पारेको आरोप लगाएका छन् ।

कांग्रेसको निर्वाचन समितिले मस्यौदा गरी तयार पारेको निर्देशिका सहमहामन्त्री डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजालले अन्तिम रूप दिएका थिए । विश्वकर्माले डाक्टरद्वयप्रति कटाक्ष गर्दै राजीनामा दिएका हुन् । उनले राजीनामा मुख्य सचिवलाई बुझाउन गएकोमा मुख्य सचिव नहुँदा सचिव केशव रिजाललाई बुझाएका छन् । 

Global Ime bank

देउवाले गरे फोन
विश्वकर्माले राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले चासो राखेका छन् । “सभापतिज्यूले फोन गरेर किन यस्तो गरेको भनेर सोध्नुभएको थियो,” विश्वकर्माले भने, “मैले बुझाउन खोज्दा तपाईंले बुझ्नु भएन, तपाईंले विश्वास गरेर जिम्मा दिएका मान्छेले पार्टीमा बस्न नसक्ने अवस्था बनाए । त्यसैले राजीनामा दिएका हुँ भनेको छु ।” 

विश्वकर्माको राजीनामामा आफूले छाप नलगाउने भन्दै मुख्य सचिवलाई दिने भनेर सचिव रिजालले बुझेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement