site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रूपले सञ्चालन हुँदै आएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै नाका पूर्ण रूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुवै संघले नेपाल–चीनबीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्रमा राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रूपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । सो अवसरमा प्रधानमन्त्री देउवालाई बधाईसमेत ज्ञापन गरिएको उनले जानकारी दिए ।

Global Ime bank

नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा त्यहाँ काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रूपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन संघले प्रधानमन्त्री देउवालाई अनुरोधसमेत गरेको जनाइएको छ ।

वि.सं. २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोसी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक प्राकृतिक रूपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement