site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविको परीक्षा नरोकिने 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा तालिका जारी भएका विषयका परीक्षाहरू निरन्तर सञ्चालन गर्न जनाएकाे छ । भदौ ५ सम्म परीक्षा हुने विषयको परीक्षा भौतिक दूरी कायम गरी गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए ।

यसका लागि हिजो त्रिविको परीक्षा बोर्डको बैठक बसेको थियो । हाल व्यवस्थापन संकायको सेमेस्टरको परीक्षा र स्नातकोत्तरमा समाजशास्त्र र विज्ञानको परीक्षा बाँकी छ । “यी विषयमा धेरै विद्यार्थी छैनन्,” उनले भने, “एउटा सेन्टरमा ५ सय विद्यार्थी पनि हुने छैनन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर त्रिविका विद्यार्थीहरूले कोरोनाकाे जाेखिम बढेकाे भन्दै परीक्षाहरू रद्द गर्न ट्विटरमा ‘ह्यासट्याग क्यान्सिल टियु एक्जाम्स’ चलाएका छन् । यो ह्यासट्याग अभियान बिहानदेखि नेपालमा ट्रेन्डिङ देखिएको छ । 

उनीहरूले कक्षा १२ को परीक्षा स्थगित भएपछि विश्वविद्यालयको परीक्षा पनि रोक्नुपर्ने माग राख्दै आएका छन् । यसबारेमा सोध्दा नियन्त्रक जोशी विद्यार्थी थोरै भएकोले परीक्षा गराउन कुनै समस्या नहुने बताउँछन् । 

Global Ime bank

“हामीलाई परीक्षा सञ्चालन गर्न समस्या छैन । अब दुई चार जना विद्यार्थीले नगर भनेको मान्ने कि हजारौँ विद्यार्थीको चाहना मान्ने ?,” प्रश्न गर्दै उनले भने,  “सीसीएमसीलाई परीक्षा केन्द्र अनुगमन गर्न भनेकै छौँ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय