site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिभिल बैंकले तीस लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आईएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलसँग सम्झौता गरेको छ । 

प्रत्याभूती सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयुक्त हस्ताक्षर गरेका छन् ।

जारी गरिने ऋणपत्रहरू सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरूले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतीकर्ताहरू कोषले २ अर्ब, ग्लोबल आईएमई क्यापिटलले ३० करोड, प्रभु क्यापिटलले ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement