site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तपाईंसँग ‘झटपट झोला’ छ ? विपद्मा यसले व्यक्तिको ज्यान जोगाउन सहयोग गर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी, पहिरोजस्ता विपद्का घटना पनि सुरु भएका भएका छन् । विपद जहाँ जुनसुकै बेला आउन सक्ने भएकाले यसबाट बच्न पूर्व सावधानी तथा पूर्व तयारी गर्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् । 

कोरोना संक्रमणको महामारी र प्राकृतिक प्रकोपको सामना एकैपटक गर्नुपर्दा यसबाट बच्न सक्नु नै चुनौतिपूर्ण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना महामारी यथावत हुँदा बाढी तथा पहिरोको जोखिमविरुद्ध योजना बनाउने र तयारी गर्ने काम तनावपूर्ण हुन सक्ने भन्दै मन्त्रालयले महामारी र प्राकृतिक प्रकोप दुवैसँग जुध्न वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा र कोभिड–१९ सम्बन्धी जानकारीका लागि १११५ अथवा ११३३ मा फोन गर्न सकिने बताएको छ । 

मास्क लगाउने र सम्भव भएसम्म अतिरिक्त मास्क बोकिराख्न आग्रह गरेको मन्त्रालयले आपतकालीन अवस्थाका लागि ‘झटपट झोला’  तयार गरेर राख्न सुझाएको छ । ‘झटपट झोला’मा टर्च, सिट्ठी, पानी, खानेकुरा, औषधी, लुगा, महत्वपूर्ण कागजातका साथै मास्क, साबुन, स्यानिटाइजर राख्नुपर्ने मन्त्रालयले बताएको छ । यो झोलाले विपद्का बेला ज्यान जोगाउन सहयोग गर्ने भएकाले यसको व्यवस्था गर्न पनि मन्त्रालयको आग्रह छ । 

Global Ime bank

कोरोनाको महामारीका बेला अरुलाई सहयोग गर्नु परे छिमेकी, साथीभाइ वा अरु कसैलाई सहयोग गर्ने बेला मास्क लगाउने र सकेसम्म भौतिक दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले आग्रह गरेका छन् ।  

“प्रभावित क्षेत्रमा मद्दत गर्न जाँदै हुनुहुन्छ भने । कोभिड–१९ विरुद्धको जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने । संक्रमितको उद्धार गर्न परे उहाँहरुलाई अलग्गै राख्ने,” मन्त्रालयले भनेको छ, “कोरोना महामारीको बेला प्राकृतिक प्रकोपका कारण हुने तनाव र चिन्ताको सामना गर्न आवश्यक मद्दत माग्न हिचकिचाउनु हुँदैन ।”

विपद्को विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयले घाइते, संक्रमित, तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सवै प्रवन्ध मिलाउने कार्य गरिरहेको जनाएको सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । 
 
मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरुले समन्वयको व्यवस्था पनि गरिरहेको जनाएको छ । 

यसैबीच, पानी परेर कमजोर भएको पहाड तथा नदी किनारमा रहेका बस्तीका बासिन्दाले सचेत हुनुपर्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । सकेसम्म पहिरो जानसक्ने भूभाग र नदी किनारका बासिन्दाले सुरक्षित ठाउँमा स्थानान्तरण हुँदा राम्रो हुने उनको भनाइ छ । नदीको बहाव उच्च भएर खतराको तह पार गरेको साइरन बज्ने भएकाले यसबारे जानकारी लिएर सचेत हुन पनि उनले नदी किनारमा रहेका बस्तीका बासिन्दालाई आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय