site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका ९५४ मुद्दा दर्ता भएका छन् ।

चालु आवमा हालसम्म दर्ता भएका तीन हजार ५५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताए । लागुऔषध, अंश, जबर्जस्ती करणीलगायत मुद्दा पनि बढिरहेका छन् ।

श्रेस्तेदार सिंहका अनुसार गत वर्षसहित पछिल्ला १० महिनामा दुई हजार ७८५ वटा मुद्दाको फैसला भएको छ । तीन हजार ५५७  मुद्दा विचाराधीन छन् । जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । आठजना न्यायाधीशको दरबन्दी रहेकामा ६ जनामात्र सेवारत छन् । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro