site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हेमाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री हेमा मालिनीविरुद्ध अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आक्रोशित बनेका छन् । कोरोनाभाइरसको विषयमा दिएको एक अभिव्यक्तिपछि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परेकी हुन् ।

हालै हेमाले कोरोनाभाइरस हटाउन होम गर्न सुझाएकी थिइन् । त्यसपछि उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी हुन् । विश्व वातावरण दिवसको अवसरमा हेमाले एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले घरमा दिनदिनै होम गरेर कोरोनाभाइरस उन्मूलन गर्न सकिने बताएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पछिल्लो धेरै वर्षदेखि हरेकदिन पूजापाठपछि म यो (होम) गर्दै आइरहेको छु । कोरोना महामारीदेखि हरेक दिन दुईचोटि गर्न थालेको छु । यसले वातावरणलाई सफा मात्र बनाउँदैन, कोरोनाजस्तो रोगलाई पनि बाहिर निकालिदिन्छ,” उनले भिडियोमा भनेकी छन् । कोरोना नहटेसम्म सबैले हरेक दिन आ–आफ्नो घरमा होम गर्न पनि उनले आग्रह गरेकी छन् ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भयो । कोरोनाभाइरसबारे आधारहीन, अवैज्ञानिक र अन्धविश्वास फैलाएको भन्दै आलोचना गरिएको हो । नवभारत टाइम्सबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्