site stats
बाह्रखरी :: Baahrakhari
विशेष
महामारीमा दिल्लीको हावा यतिसम्म सफा भयो !

बीबीसी । महामारीको समयमा जारी लकडाउनमा सवारी साधन र उद्योग धन्दा सञ्चालनमा कमी आउनुले भारतको राजधानी नयाँ दिल्लीको वातावरणमा उल्लेखनीय प्रभाव पारेको छ । धुँवा र धुलो मिसिएको बाक्लो तुवालोले सास फेर्न र हेर्नै कठिन हुने गरेको दिल्लीको आकाश यतिबेला सफा, नीलो र स्पष्ट देखिन्छ । 

भारतको वायु गुणस्तरमा आएको सुधारको नतिजा नाङ्गो आँखाले पनि प्रष्टै देख्न सकिन्छ । जसपछि नागरिकहरु अहिले स्वच्छ, सफा आकाशका तस्बिरहरु सामाजिक संजालमा पोस्ट गर्दै खुसी मनाइरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऊर्जा तथा स्वच्छ हावाको रिसर्च सेन्टरबाट बोल्दै सुनिल दाहियाले बीबीसीसँग भनेका हुन्, “हालको यो संकटले के साबित गरेको छ भने जिवाश्म इन्धन ( कोइला, ग्यास, डिजेल पेट्रोल जस्ता फोसिल फ्युल) को प्रयोग कम गराउन कडा रुपमा लागिपरेमा हामीले छोटो समयमै सफा आकाश र सास फेर्न लायक स्वच्छ हावा प्राप्त गर्न सक्छौँ । ”

तर यसमा अर्को के देखियो भने लकडाउन हुँदा जति छिटो हावाको गुणस्तरमा सुधार आएको थियो लकडाउन खुलाइएपछि त्यहि गतिमा वातावरण फेरि पहिलेकै अवस्थामा पनि पुगेको हो । 

विश्व स्वास्थ्य संगठनको डाटा अनुसार हरेक वर्ष वायु प्रदुषणले मात्र ७० लाख मानिसको ज्यान लिने गरेको छ । र विश्वका दश मध्ये नौजनाले उच्च स्तरका प्रदुषकयुक्त हावामा सास फेरिरहेका हुन्छन् । यसमा मानव क्रियाकलापबाट उत्पन्न कार्बन डाइअक्साइड नै विश्वव्यापी रुपमा एक चौथाइ भन्दा धेरै प्रदुषणका लागि जिम्मेवार छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्