site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने अझ खतरनाक भाइरस’
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

हनोई । भियतनाममा नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । 

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोनाभाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्न सक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्न सक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलोपटक पत्ता लागेको कोरोनाभाइरस सुरु भएयता हजारौँपटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाक रूप लिएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC