site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोभिड–१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोेभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।

अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले बिगारेकोे संगठनले जनाएको हो । जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य संकटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, “सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन, वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ । यदि, तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्न सक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको बताएका हुन् ।

सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, “यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।”

भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहुअभियानहरू आवश्यक पर्ने र यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्