site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका २४ राज्यमा कोरोनाको सङ्क्रमण घट्दो, सकारात्मक संकेत देखिएको दाबी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुदै आएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सङ्क्रमितहरूको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ । 

पछिल्लो एक हप्तामा यसरी सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले भाइरसबाट सङ्क्रमित भएर अहिले निको हुनेहरूको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, “देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितहरुको संख्यामा कमी हुदै आएको देखिएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

तीमध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् । देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ । दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरूको भनाइ छ । 

Global Ime bank

भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा २ लाख  ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC