site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मास्कको कालोबजारी गरेको आरोपमा फार्मेसी संचालक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङमा मास्कको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी छन् ।

अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement