site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आचारसंहितको पालना गर्न अपिल पनि गरेको छ । 

“एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न नसक्ने भनि आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाोगले कानुनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ । निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पु¥याइदिनुहुन सम्बन्धित सबैमा आयोग पुनः अपिल गर्दछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगले भोलि (बिहीबार) हुने वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि दिएको छ ।

आयोगले उक्त निर्वाचनको लागि गएको सोमबार राति १२ बजेबाट मौन अवधि लागु भएको जानकारी गराएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मौन अवधिको उल्लंघन गरेका छन् ।

Global Ime bank

आज मात्रै उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना उमेदवारलाई भोट मागेका थिए । त्यसपछि आयोगले विज्ञप्ति निकाल्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement