site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमामा गोली लागेका युवकको मृत्यु, छानबिन समिति गठन गरिने 
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवलपरासी (पश्चिम) को दक्षिणी सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । 

आज बिहान गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई उपचारका क्रममा बुटवल लैजाँदै गर्दा मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा उनीहरुले गस्तीमा खटिएका सशस्त्रका सईमाथि चिरपट प्रहार गरेका थिए ।

Global Ime bank

त्यसपछि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । झडपमा सईसहित ११ जना सशस्त्र प्रहरी घाइते भएका छन् । 

स्थिति नियन्त्रणमा लिन सशस्त्रले दुई राउण्ड हवाई फायर समेत गरेको थियो । 

घटनाको छानबिनका लागि समिति बनाउने तयारी भएको बताइएको छ । 

गृहका अधिकारीको नेतृत्वमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहितको छानबिन समिति गठन गर्न लागिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय