site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमले मे १८ देखि २२ सम्म साउदी चार्टर्ड उडान गर्ने, भारतीय नागरिकलाई लैजाने
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमले यही मे १८ देखि २२ सम्म साउदी अरेबिया चार्टर्ड उडान गर्ने भएको छ । सरकारले काठमाडौंमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान निगमलाई सातवटा चार्टर्ड उडान गर्न अनुमति दिएको थियो ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठले भारतीय नागरिकलाई साउदी लैजान पाँच दिनमा सातवटा उडान गर्ने तालिका सार्वजनिक गरिएको बताइन् । उनका अनुसार निगमले साउदी अरेबियाको रियाद पाँच र दमाम दुई उडान गर्नेछ । ती दुई गन्तव्यमा जान चाहने भारतीय नागरिकले निगमको कर्पाेरेट कार्यालयबाट टिकट काट्नुपर्नेछ ।

Dabur Nepal
NIC Asia

सरकारले नेपालस्थित भारतीय दूतावासको सिफारिस पाएका भारतीयलाई मात्रै साउदी लैजान भनेको छ ।

निगमले रियादका लागि प्रतिव्यक्ति ८९ हजार रूपैयाँ र दमामका लागि ८४ हजार ५०० रूपैयाँ शुल्क तोकेको छ ।

सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान नेपाल एयरलाइन्सलाई सात र हिमालय एयरलाइन्सलाई तीनवटा चार्टर्ड उडान गर्न अनुमति दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro