site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले २०२५ सम्म आफ्नो ६० प्रतिशत फोहोर पुनः प्रयोगमा ल्याउने 

बेइजिङ । चीनले २०२५ सम्ममा शहरी घरेलु फोहोरको ६० प्रतिशत ‘रि–युज’ गर्ने या पुनः प्रयोगमा ल्याउने बताएको छ । फोहोर व्यवस्थापन क्षमतामा सुधार ल्याउन यस्तो परियोजना बनाइएको बिहिबार चीनको प्रमुख आयोजना समितिले जानकारी दिएको छ । यसअघि चीनले २०१६–२० का लागि राखेको लक्ष्य पूरा गर्न असफल भएको थियो । 

फोहोरको बढ्दो मात्रालाई व्यवस्थित गर्ने विषय चीनका लागि पछिल्लो समय ठूलो चुनौति बनिरहेको छ । यसमा पनि शहरी जनसङ्ख्यामा लगातार वृद्धि हुनले उपभोग्य वस्तुको प्रयोग पनि बढाउँदा सबै प्रमुख शहरमा फोहोर बढ्न पुगेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय विकास एवम् सुधार समितिका अनुसार गत वर्ष त्यहाँ शहरी फोहोरको मात्रा १२ लाख ७० हजार टन पार गरेको छ जुन २०१५ को तुलनामा ६३ प्रतिशत वृद्धि हो । यस्तोमा धेरै क्षेत्रमा बढ्दो फोहोरको मात्राको हिसाब राख्नै चुनौतिमय बनेको बताइएको छ ।

चीनका आधा भन्दा धेरै शहरहरुमा फोहोर व्यवस्थापन प्लान्ट निर्माण गरिएको छैन त्यसैले विशेषगरी पश्चिम र केन्द्रिय क्षेत्रमा हानिकारक फोहोर व्यवस्थापनको लक्ष्य पूरा गर्न सरकार असफल भइरहेको थियो । 

यसैकारण चीनले अब फोहोर सम्बन्धी नयाँ नीति लागू गर्ने बताइरहेको छ जसमा वासिन्दाहरुले कडा रुपमा आफ्ना फोहोरलाई प्लाष्टिक र रिसाइकल गर्न नमिल्ने प्याकेजिङ फोहोरका रुपमा विभाजित गरेर मात्र फाल्नुपर्ने हुन्छ । त्यस्तै चीनले विदेशी फोहोर आयातमा पनि प्रतिबन्ध लगाएको छ । 

पछिल्ला केही वर्ष चीनले धेरै रिसाइकलिङ कार्यक्रमहरु लन्च गरिरहेको छ भने फोहोरमुक्त शहरको अभियान पनि थालेको छ । २०१९ मा त्यहाँ ठोस पदार्थयुक्त फोहोरको मात्रा ७० अर्ब टन रहेको अनुमान रहेको छ ।  रोयटर्स
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्