site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाराष्ट्रमा जुन १ सम्म लम्ब्याइयो ‘लकडाउन’
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतको महाराष्ट्रमा आउँदो जुन १ तारिखसम्मका लागि ‘लकडाउन’को अवधि बढाइएको छ ।

अन्य राज्यबाट आउनेहरुका लागि नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गर्दै महाराष्ट्र सरकारले जुन १ बिहान ७ बजेसम्म लकडाउन अवधि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा संक्रमण बढेकोमा चिन्ता व्यक्त गर्दै अधिकांश सदस्यहरुले मे ३१ सम्म लकडाउन बढाउनुपर्ने धारणा राखेका थिए ।

Agni Group

महाराष्ट्रमा पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा यो राज्यमा ४६ हजार ७८१ नयाँ संक्रमित थपिएका छन् भने ८१६ संक्रमितको मृत्यु भएको बताइएको छ । हालसम्म यस राज्यमा ५२ लाख २० हजार बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने मृतकको संख्या ७८ हजार ७ पुगेको छ ।

मे १४ देखि अप्रिल २० सम्म मृत्युदर ०.६ प्रतिशत रहेको महाराष्ट्रमा यो दर अप्रिल २१ देखि अप्रिल २७ सम्म बढेर १.१४ प्रतिशत पुगेको छ । मंगलबार मृतकको संख्यामा थोरै कमी आए पनि बुधबार पुनः बढेको बताइएको छ ।

Global Ime bank

मंगलबार ५१ संक्रमितको मृत्यु भएको थियो भने बुधबार ६६ संक्रमितको मृत्यु भएको छ । यद्यपि, यीमध्ये ५० प्रतिशतमा कोरोनाभाइरस संक्रमण हुनुपहिले नै अन्य रोग लागेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC