site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इमर्जेन्सीमा अन्य बिरामी लिन मुस्किल, पार्किङमा टेन्ट राखेर संक्रमितको उपचार
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको इमर्जेन्सी वार्ड कोभिड–१९ संक्रमितले भरिएपछि अन्य बिरामी लिन नसकिने अवस्था आएको छ ।

कोभिडका जटिल संक्रमितको संख्या बढेपछि इमर्जेन्सी वार्डमा अन्य बिरामी भर्ना लिन नसिकने अवस्था आएको अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए । अस्पतलमा अहिले ३७८ जना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये १९३ जना जटिल अवस्थाका संक्रमित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार बिहानदेखि आज मध्याह्न १२ बजेसम्म सात कोरोना संक्रमितको मृत्यु भएको डा. रिसालले बताए । रिसालका अनुसार पछिल्लो समय आउने संक्रमित सबै अक्सिजन दिनुपर्ने अवस्थाका छन् भने अक्सिजन नचाहिने अवस्थाका संक्रमितलाई होम आइसोलेसनमा पठाउने गरिएको छ ।

पार्किङमा टेन्ट राखेर उपचार
कोभिड संक्रमणको दोस्रो लहर देखिएपछि भेरी अस्पतालको कोभिड वार्डमा १४२ वटा बेड छुट्ट्याइएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालका अन्य वार्डमा पनि राखेर उपचार सुरु गरियो ।

Global Ime bank

“अस्पतालको हलदेखि सबै खाली ठाउँमा बेड राखेर संक्रमितको उपचार गर्न थाल्यौँ । तर, त्यसरी पनि नधानेपछि पार्किङमा टेन्ट टाँगेर उपचार गरिरहेका छौँ । एक बेड एक सिलिन्डरको व्यवस्था गरिएको छ, भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिएर राखिएको छ,” डा. रिसालले बाह्रखरीसित भने ।

अस्पतालमा भएको प्लान्टबाट उत्पादन भएको अक्सिजनले नपुगेपछि थप सिलिन्डको व्यवस्था गरिएको उनले बताए । “अक्सिजन सप्लायर्सले धन्न अहिलेसम्म खाली सिलिन्डर फिर्ता गरेका छैनन् । नत्र, यति धेरै संक्रमितलाई बचाउन हामी कहाँ सक्थ्यौँ र,” उनले भने, “दाङ, सुर्खेत, रुकुमलगायत जिल्लाबाट समेत जटिल संक्रमितहरु भेरी अस्पताल आइपुग्न थालेका छन् ।”

जनशक्ति थपिँदै
भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि विभिन्न पदमा ६० जना स्वास्थ्यकर्मी करारमा मागिएको छ । उपचारमा सबैभन्दा बढी खटिने स्टाफ नर्स ४० जना मागिएको छ । जसमध्ये सोमबारसम्म २४ जना लिइसकिएको डा. रिसालले बताए । यसअघि, ३९ जना नर्सहरुको टिम उपचारमा खटाइएको थियो ।

अस्पतालमा तीनजना एनेस्थेसियोलोजिस्ट, १० मेडिकल अधिकृत, दुई नर्सिङ अधिकृत, पाँच ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्सको पदपूर्ति गरिने डा. रिसालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय