site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राइड सेयरिङ एप साथीले घरबाटै कोभिड–१९ को पीसीआर परीक्षणको लागि स्वाब संकलन सुविधा सुरु गरेको छ ।

राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब)सँग सहकार्य गरी कस्टुमरलाई सहज रुपमा घरमै पीसीआर स्वाब संकलन सुविधा सुरु गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले हाल उपत्यकामा मात्रै सुरु गरिएको उक्त सेवा विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि उपलब्ध गराउने बताए । उनले भने, “हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै नै सुनिरहेका छौँ । यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौँ ।”

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । सो एपमार्फत सिधै सेवा लिन सकिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement