site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१९९३ देखि २००७ सम्म १४ वर्ष अनुराग कश्यपले के गरे ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । तीन दशकदेखि निरन्तर चलचित्र निर्माणमा बिताइरहेका उनी भारतमा इन्डिपेन्डेन्ट सिनेमा’ निर्माण सुरु गर्ने निर्माताको रुपमा पनि चिनिन्छन् । चलचित्र ‘सत्या’लाई आफ्नो चलचित्र करिअरको माइलस्टोनको रुपमा लिने उनको पहिलो डेब्यु चलचित्र ब्लाक फ्राइडे हो । चलचित्र ‘सत्या’ मा उनी सह–लेखक थिए । ग्यांग्सअफ वसिपुर, रमनराघव, लन्चबक्स, लस्ट स्टोरिज, र हालै नेटफिल्क्सको सिरिज ‘स्क्यर्ड गेमस्’ पर्दछन् ।

हामी कुरागर्दै छौं भारतीय चलचित्र निर्माता अनुराग कश्यपको । निर्देशक कश्यप मे ६ (विहीबार) बाट भर्चुअल सुरु भएको चौथौ नीफ (नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल’ को उद्घाटनको दिन चलचित्रबारे आफ्नो अनुभव सुनाउन उपस्थित भएका छन् । जहाँ उनले आफ्नो चलचित्र करिअर, कोरोनामा कसरी अघि बढ्न सकिन्छलगायत समग्र चलचित्र क्षेत्रका बारेमा आफ्नो अनुभव र सुझाव सुनाएका छन् । 

उनले हेरेको अन्तिम दुई नेपाली चलचित्रहरुमा निर्देशक मिन भामको ‘कालो पोथी’ र दिपक रौनियारको ‘ह्वाइट सन’ हुन् । 

Agni Group

उनी भन्छन्–
यो एकदमै महत्वपूर्ण समय हो । पहिलो लकडाउनमा के गर्ने भन्ने अन्योल थियो । तर, यो पटक म निरन्तर लेखनमै व्यस्त छु । चलचित्र उद्योगमा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी, कलाकारहरु लगायत मनोरञ्जन क्षेत्रकाहरुलाई यो महामारीले धेरै असर गरेको छ । 

पहिलो र प्रमुख कुरा भनेको, मलाई याद छ कि म कहिले काम गर्न छोड्दिन र यो नै हरेक कुराको मूल हो । तपाई कहिले पनि आफ्नो दृष्टिकोण र आइडियाबाट पछि हट्नु हुँदैन । अर्को महत्वपूर्ण कुरा भनेको तपाई रिजेक्सनका लागि सधैं तयार हुनुपर्छ । कसैले पनि तपाईलाई बनाउँदैन । तपाई आफैं यसको लागि तयार हुनुपर्छ र आफैंले आफूले साचेको चलचित्र बनाउनु पर्छ ।

Global Ime bank

मैले कति चोटि हार खाएको छु । लकडाउनले गर्दा ९० प्रतिशत काम भइसकेको चलचित्र रोकियो । त्यो रोकिए पनि मैले फेरि अर्को चलचित्र लेख्न सुरु गरेँ । म अहिले पनि निरन्तर लेखनमै छु । यो भनेको निरन्तर प्रक्रिया हो । अहिले मसँग धेरै चलचित्रका स्क्रिप्टहरु छन् । त्यसैले लकडाउन खुल्ने वितिकै म चलचित्र निर्माणमा लाग्छु ।

संघर्षका दिनमा पनि म यसरी नै सधैं लेखिरहन्थेँ । मेरा कति चलचित्रहरु रिलिज भएनन् तर पनि मैले लेख्न भने कहिल्यै छाडिनँ ।

एउटा मध्यम वर्गिय परिवार, जुन परिवारले तपाईलाई राम्रो शिक्षा दिएर तपाईको भविष्य राम्रो बनाउन कुनै कसर छोड्दैन । त्यस्तो परिवारबाट आएकै कारण ममा कामप्रतिको लगाव र धैर्यता भएको हो । 

एकपटक तपाई चलचित्र बनाउँछु भनेर अघि बढिसक्नु भयो भने तपाई फेरि फर्केर जान सक्नु हुन्न । पैसाको लागि वा केही उपलब्धीको लागिभन्दा पनि म लेख्न बसेपछि म निकै खुशी र आनन्द महसुस गर्छु । त्यसैले म लेखिरहन्छु । मैले कहिले पनि फिल्म स्कुलमा गएर चलचित्र निर्माण, लेखनबारे पढ्ने मौका पाइनँ । मेरो बच्चैदेखि लेख्ने बानी थियो ।

धेरै लेखकहरु कसैले कुनै चलचत्रि लेख्ने मौका दियो भने मात्रै लेख्ने गर्छन् । तर म त्यस्तो गर्दिनँ । मलाई जुन विषय मनपर्यो म त्यसमा लेख्न सुरु गरिहाल्छु । चाहे त्यो चलचित्रमा परिणत होस् वा नहोेस् । 

किन चलचित्र ? 
मलाई थाहा छैन । यो म सम्म पुग्ने बाटो हो । यदि तपाई आफ्नो सपना र प्यासनबारे दृढ हुनुहुन्छ भने तपाई त्यसमा संघर्ष महसुस गर्नुहुन्न । मैले कहिले संघर्ष गरेँ भन्ने महसुस गरिन । यदि म यो बाहेक अरु कुनै पेशामा हुन्थेँ त मैले त्यो संघर्ष फिल गर्थें होला । तर म सधैं चलचित्र नै बनाउन चाहन्थेँ र त्यही गरिरहेको छु । 

म यो उद्योगमा सन् १९९३ मा आएको थिएँ, तर मेरो पहिलो चलचत्रि २००७ मा मात्रै आयो । तर, त्यो १४ वर्षको संघर्षपूर्ण यात्रा पनि मलाई त्यस्तो पीडाडायी महसुस भएन । 

हो मैले परिवार साथीभाईलाई समय दिन सकिनँ होला । तर, उनीहरु सबैले मलाई बुझेका छन् र म उनीहरुप्रति कृतज्ञ छु ।

चलचत्रि ‘सत्या’ ले मेरो चलचि करिअरमा धेरै सकारात्मक परिवर्तन ल्यायो । यसअघि मैले धेरै ‘घोष्ट लेखन’ गर्थें । यसले मलाई लेखकको रुपमा चिनायो र अवसरको ढोका खोलिदियो ।

मलाई अरु के गर्ने थाहै छैन । मलाई चलचित्र हेर्न, लेखन निर्माण गर्न बाहेक अरु केही दिमागमै आउँदैन । म सँग अझै भन्न बाँकी धेरै कथाहरु छन् । म मध्यमवर्गभन्दा पनि मजदुर वर्ग परिवारबाट आएको भन्न रुचाउँछु । मैले मध्यमवर्गीय परिवार, कम–मध्यमवर्गिय परिवारको कथा भनेको छु । तर, मजदुरवर्गको कथा अहिलेसम्म भनेको छैन । 

ओटीटी प्लेटफर्मले विश्वभरीका दर्शकलाई जोडेको छ । यसले केही हिसाबमा चुनौती पनि खडा गरेको जस्तो मलाई लाग्छ । म अरु भन्दा कसरी फरक र नयाँ कथा भन्न र प्रस्तुत् गर्न सकुँ भन्ने खोजमा हुन्छु । जबजब म यी युवा चलचित्र निर्माताहरुलाई हेर्छु म आफूलाई कसरी रिइन्भेन्ट गरुँ भन्ने सोच्छु । 

नेपालमा चलचित्र छायांकन गर्ने सोच्नु भएको छ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्– 
“पक्कै पनि मलाई नेपालमा छायांकन गर्न मन छ । मलाई एभरेष्ट बेस क्याम्पमा गएर चलचित्र छायांकन गर्न मन छ । मैले हाई अल्टिच्युटमा, सगरमाथामा सेट हुने स्क्रिप्ट पनि लेखेको छु । आशा छ म चाँडै नै त्यो सम्भव गर्न सकुँ । 

नेपाली चलचित्र निर्मातालाई कश्यपको सुझाव
एक फिल्ममेकरको रुपमा हामीले केही उपहार पाएका छौं जुन अरुसँग छैन । हामी कलाको त्यस्तो विधामा छौं जुन विश्वभरीले हेर्छन् । त्यसैले तपाईले जति आफ्नो स्थानीय कथा भन्नु हुन्छ त्यतिनै त्यो कथा वा भनौं चलचित्र युनिक हुन्छ । त्यसैले तपाईले आफूलाई र आफ्नो क्षेत्रलाई प्रस्तुत गर्ने विषयमा जोड दिनुपर्छ । 

त्यसैले चलचित्रको नजरबाट नेपाललाई चिनाउने महत्वकांक्षा राखेर अगाडि बढ्नुहोस् । कति देशमा चलचित्र उद्योग नै छैन । नेपालमा त छ । त्यसैले यसलाई विश्वबजारमा पुर्याउन तपाईहरु आफ्नो कथा भन्नुहोस् ।

लगानीको कुरा गर्नुहुन्छ भने तपाई नेपालभित्र मात्रै लगानी नखोज्नुहोस् । म त भन्छु लगानीको हिसाबमा भन्दा पनि राम्रो कथा लेख्छु र प्रस्तुत गर्छु भनेर अघि बढ्नुहोस विश्वबजारबाट लगानी आफैं तपाईसम्म हिँडेर आउँछ । यसका लागि तपाई विश्वबजारमा भएका स्क्रिप्ट ल्याबहरुमार्फत जानुहोस् जस्तै बुसान स्क्रिप्ट ल्याब, बर्लिन स्क्रिप्ट ल्याब, एसिया पेसिफिक र भारतमै पनि छन् । 

यस्तो राम्रो छोटो चलचित्रहरु लेख्नुहोस र बनाउनुहोस् कि उनीहरु लगानीका लागि आफैं अघि बढोस् र तपाईको चलचित्रको हिस्सा बन्न पाउँदा उनीहरु गर्व महसुस गरुन् । फिल्ममेकरको काम भनेको लगानीकर्ता खोज्नु होइन । उसको काम भनेको राम्रो कथा लेख्नु हो जसले लगानीकर्तालाई तान्न सकुन् । 

मैले लेखेका कति चलचित्रहरु वर्षौंपछि मात्रै बनेका छन् । मैले चलचित्र ‘अग्ली’ लेखेको ७ वर्षपछि बल्ल निर्माण भयो । कतिले मलाई तिम्रो यो स्क्रिप्ट बन्दैन भन्थे तर पनि म लेखिरहन्थें । 

म त्यस्तो देशको चलचित्र उद्योगमा छु जहाँ नापतौल धेरै हुन्छ । तर, तपाईं (नेपाली चलचित्र निर्माता) त्यस्तो देशमा हुनुहुन्छ जहाँ तपाईले कुनै राम्रो चलचित्र बनाउनु भयो भने पूरा देशले नै गर्व महसुस गर्छ । 

नयाँ पुस्ताहरु ३०,४० मिनेटभन्दा लामो चलचित्र हेर्न सक्दैन । तर म लामो चलचित्रहरु बनाउँछु । यतिहुँदा हुँदै पनि म अहिलेको युवा पुस्तालाई मनपर्ने छोटा चलचित्र बनाउने प्रयास गरिरहेको छु । 

हल होस् वा डिजिटल प्लेटमर्फ, चलचित्र कहाँ रिलिज हुन्छ भन्नेले खासै फरक पार्छ जस्तो मलाई लाग्दैन । तपाई (दर्शक)ले कसरी हेर्नुहुन्छ भन्ने कुराले फरक पार्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC