site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउँदै पल शाह

काठमाडौं । नायक पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन थालेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको खबरहरु आइरहेका बेला पलले संक्रमितलाई अक्सिजन वितरण गर्न सुरु गरेका हुन् ।

“अक्सिजनको अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर हामी संक्रमितलाई अक्सिजन वितरण गर्ने योजनासाथ अगाडि आएका छौं,” पल बाह्रखरीसँग भन्छन्, “अभावमा रहेका जो–कोहीलाई सहयोग गर्नु हाम्रो दायित्त्व पनि हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाम्रो टिम नेपालसँग मिलेर उनले अक्सिजन उपलब्ध गराउँदै आएका छन् । कतिले आफूसँग रहेको अक्सिजन सिलिन्डर आफूहरुलाई बिना पैसा उपलब्ध गराइरहेको र केहीसँग खरिद गरिरहेको उनले बताए । 

“अब हामी अस्पताल पुगेर अक्सिजन भए/नभएको अवस्था छ बुझेर आवश्यकता परे हामीसँग भएको अक्सिजन उपलब्ध गराउने छौँ,” उनी भन्छन्, “आजसम्म त हाम्रो टिम नेपालका साथीहरु फिल्डमा खटिनु भएको छ, भोलिबाट म आफू पनि अक्सिजन संकलन र वितरणमा हाम्रो टिम नेपालसँगै निस्किने छु ।” 

पलले अघिल्लो लकडाउनका खुलामञ्च पुगेर मजदुरहरुलाई निःशुल्क खाना खुवाएका थिए भने बाढी तथा पहिरो पीडितलाई राहत पनि वितरण गरेका थिए । 

“म सानै उमेरदेखि फोर्समा भर्ती भएर जनताको सेवा गर्न चाहन्थेँ । तर, त्यो चाहना पूरा नभएपछि अहिले कुनै न कुनै माध्यमबाट आम नागरिकको सहयोगमा जोडिन खोजिरहेको छु,” उनले भने । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्