site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने
Ghorahi CementGhorahi Cement

वासिङटन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो ।

तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । 

Agni Group

विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

भूकम्पबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ । 

Global Ime bank

मोवाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोही अनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ । यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ । 

अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन् । विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC