बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
एक करोड १५ लाखमा पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
बाह्रखरी - मंगलबार, चैत ३१, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । 

काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ट्राफिक बत्तीका केही सामान आएको छ केही आउने क्रममा रहेको ओझाले बताए ।  

उनका अनुसार सामान आएकामा त्यसको ‘प्रोगामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । यी बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने, “यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।” रासस

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत ३१, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्