site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारमा सैन्य कारबाही थप सशक्त, एकै सहरमा दर्जनौँ मारिए
फाइल तस्बिर : एजेन्सी
Ghorahi CementGhorahi Cement

न्यापित । म्यानमारकाे उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकहरूको शव सेनाले लिएर गएको दावी गरिएको छ भने र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढीपनि हुनसक्ने बताइएको छ ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Agni Group

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
 
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सू ची र उहाँको ‘नेशनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

पदबाट निष्काशित सांसदहरू र म्यान्मारको संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार नै सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न र हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका थिए ।

Global Ime bank

उनीहरूले संयुक्त राष्ट्रसङ्घको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दावी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेको बीबीसीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC