बाह्रखरी
भर्खरै
sticky  ncell
विदेश प्रतिक्रिया दिनुहोस्
कोरोना संक्रमणको अन्त्यपछि पनि मास्क लगाइरहनु पर्छ ?
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

वासिङटन । रुघाखोकीको मौसममा कुनै पनि सार्वजानिक सवारीमा यात्रा गर्दा मानिस खोकेको, हाक्ष्युँ गरिरहेको अनि धेरैको हातभरि टिस्यु देख्न सकिन्छ । तर, अहिले कोरोना महामारीका कारण यो केबल पुरानो सम्झना जस्तो मात्र भएको छ । अहिले दुनियाँभर सार्वजानिक सवारीमा यात्रा गर्दा अधिकांशको मुखमा मास्क देख्न सकिन्छ भने खोकी र रुघा लागेको आवाज दुर्लभै सुनिन्छ । महामारी भएकाले मास्कलाई अनिवार्य गर्नु जरुरी भयो । तर, के कोभिड–१९ सकिएपछि पनि मास्क लगाउने चलन रहिरहन आवश्यक छ ?

खोप निर्माण हुनु अथवा सर्वसाधारण समक्ष उपलब्ध हुनु अघि कोरोनाबाट बच्ने एक मात्र साधन मास्क नै थियो । यसमा मास्क लगाउनेले किटाणुबाट सुरक्षा पाउँथ्यो भने अन्य मानिसमा र आफ्नो आसपासको वातावरणमा फैलाउनबाट पनि यसले जोगाउन सक्छ । मास्क अनिवार्य गरिएका क्षेत्रमा संक्रमण दर कम भएका पनि प्रशस्तै उदाहरण फेला परेका थिए ।
 
महामारी सुरु हुनुभन्दा अगाडिदेखि नै मास्कबारे अध्ययन गर्दै आएकी युनिभर्सिटी अफ न्यु साउथ वेल्सकी ग्लोबल बायोसेक्युरिटी प्रोफेसर राएना मेक्इनट्रे भन्छिन्, “मास्क एकदमै सजिलो, सुरक्षित, सस्तो र प्रभावकारी हुन्छ ।”

Rohto Landing

Agani Group

तर, नोक्सानभन्दा फाइदा धेरै भएपनि मास्क अझै विवादित नै मानिने र महामारी पछिको यसको भविष्य अनिश्चित रहेको क्यानडाका अर्का डाक्टर जोन कोन्ली बताउँछन् । बोल्नमा अफ्ठेरो र शारीरिक रुपमा समेत असहज हुने भएकाले आफूले महामारीको अन्त्यपछि मास्क लगाउन सुझाव नदिने उनले बताएका छन् । उनको सो भनाइसँग दुनियाँका प्रायः मानिस सहमत पनि हुनेछन् । तर, केही सिमित परिस्थितिहरुमा जस्तै भरिभराउ सवारीमा चढ्दा या अस्पतालमा आफ्ना प्रियजनसँग भेट्न जाँदा सुरक्षाका लागि एउटा मास्क लगाउनु अर्थपूर्ण हुने चाहिँ वैज्ञानिकहरुले कोरोना अनुभवपछि स्वीकार गरेका छन् । महामारीपछि मास्क हाम्रो दैनिक वास्तविकता नहोला तर कोरोना सधैँका लागि पूर्ण रुपमा नहराउन पनि सक्ने उनीहरुको भनाइ छ । 

अर्कोतर्फ कोभिड अगाडि नै धेरै एसियाली मुलुकहरु मास्कसँग राम्ररी परिचित थिए । विशेषगरी सन् २००० को दशकमा हङकङ, जापानलगायत पूर्वी एसियाली मुलुकमा फेस मास्क प्रचलित भइसकेको थियो । यसकारण पनि कोभिड महामारी सुरु हुँदा ती देशहरुले मास्कको प्रयोगलाई सहज रुपमा अपनाए ।
 
यता, अमेरिकामा मास्कको विक्रीमा धेरै कठिनाइ भयो । मान्छेले मार्च २०२०  अगाडिसम्म दुर्लभै मास्क लगाए । वास्तवमा त्यहाँ स्वास्थ्य अधिकारीहरुले नै सर्वसाधारणलाई मास्क लगाउन निरुत्साहित गरेका थिए । मास्कको प्रभावकारीता सम्बन्धी अपुष्ट डाटाहरु उल्लेख गर्दै स्वास्थ्यकर्मीहरुका लागि पनि विशेष पहिरन चाहिने कुराको सबै विपक्षमा थिए । तर, केही समय पश्चात् स्वास्थ्यविद्हरुले आफ्नो मार्ग बदल्दै सार्वजानिक स्थलमा मास्कको प्रयोगलाई बढावा दिन सुरु गरे । तापनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउनुको महत्त्वलाई बेवास्ता गरिरहँदा मास्कले समयमा प्रभावकारीता देखाउन पाएन ।

sarbottam cement

यसरी महामारी लम्बिदै जाँदा मास्कको पक्षमा वैज्ञानिकहरुको धारणा बलियो रुपमा परिवर्तन हुँदै गयो । र, अमेरिकामै थुप्रै सहर र सार्वजानिक स्थलहरुमा मास्क अनिवार्य गर्न थालियो । विभिन्न तथ्यांकहरुका अनुसार मास्कबाट केही कणहरु छिर्न सक्ने भएपनि यसले कोभिड–१९ सहित अन्य धेरै किसिमका रोगहरु फैलनबाट रोक्न मद्दत पुर्याइरहेको हुन्छ ।
  
जस्तै २०१९–२०२० फ्लु सिजनमा अमेरिकामा २४ हजारको इन्फ्लुएन्जा भाइरसका कारण मृत्यु भएको थियो । यसमा २०२०–२०२१ को रुघाखोकीको मौसममा कतिको मृत्यु हुनेछ भनेर अहिले नै भन्न सकिँदैन । तर, सो सङ्ख्या एकदम कम हुनेछ भन्नेमा निश्चित हुन सकिन्छ । किनकी अहिलेसम्म अप्रिल १ देखि अमेरिकामा ५०० भन्दा कम र केबल एउटा बालकको मात्र फ्लुले मृत्यु भएको आधिकारिक डाटाले देखाउँछ । परम्परागत फ्लुको मौसम मे महिनामा मात्र समाप्त हुन्छ । तर, विगतको सङ्ख्या समान क्षति पुग्न मृत्युदर असामान्य रुपमा तिव्र वृद्धि हुनुपर्नेछ जुन अस्वभाविक कुरा हुनेछ । 

यसका लागि मास्कलाई मात्र जिम्मेवार ठहर्याउन सकिँदैन किनकी अहिले फ्लु विरुद्धको सुइ लगाउनेहरुको सङ्ख्या अरुबेलाको भन्दा एकदम धेरै छ । त्यस्तै सामाजिक दुरी, सरसफाइका अन्य उपायलगायत सुरक्षा विधिले पनि किटाणुहरुलाई टाढा राख्न मद्दत गरेको छ । यसकारण पनि मास्कको भूमिका कति छ भन्ने निश्चित बताउन कठिन भएको कोन्ली बताउँछन् । तर,  मास्कले कुनै हानि नपुर्याउने हुँदा व्यक्तिगत रुपमा असहज लाग्ने भएपनि आवश्यक परिस्थितिमा यसको प्रयोगलाई निरन्तरता दिइरहनुले फाइदा नै गर्ने विज्ञहरुले बताएका छन् ।

टाइमबाट 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्