site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ओलीको पार्टीलाई चौथो स्थानमा झार्छौँ : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको उनले उल्लेख गरे । उनले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग पनि माओवादीको 'वेभलेन्थ' पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए ।

नेपाली कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा ओली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गरे । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलोपटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्