site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोमाको अर्धशतकमा प्रदेश–१ विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश नम्बर–१ ले राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश–१ विजयी भएको हो । त्रिवि क्रिकेट मैदानमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले हरायो ।

प्रदेश–१ ले दिएको १२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रनको योगदान गरिन् । सुमन खतिवडाले २७ रन जोडिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिइन् । सवनम राई र ज्योति दनुवारले १/१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १२८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेलिन् । अप्सरी बेगमले अविजित २६ रन जोडिन् ।

Global Ime bank

बलिङतर्फ ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १/१ विकेट लिए । प्रदेश–१ ले चार खेलमा ४ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको हो । ललितपुरले ४ खेलबाट २ अंकसहित प्रतियोगिता अन्त्य गर्‍यो ।

थप तस्बिर हेर्नोस्

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC