site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग 
फाइल तस्बिर ।

काठमाडौं । घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । 'क्रिकइन्फो'ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल आउँदो वैशाख ४ गते हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । यस्तै, नेपालले लिगको अन्तिम खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्