site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा रोकिएन कोरोना फैलिने क्रम, एकैदिन १ लाख १५ हजारमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड २८ लाख १ हजार ७८५ जनामा कोरोना संक्रमण भइसकेको छ । 

कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न क्षेत्रमा सरकारले भीडभाड हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पुनः लागु गर्न सुरु गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०९:१५
प्रतिक्रिया दिनुहोस्