site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु
फाइल तस्बिर ।

नयाँदिल्ली । कोभिड–१९ संक्रमणको दर बढेपछि भारतको नयाँदिल्लीमा अप्रिल ३० तारिखसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ ।

दिल्ली सरकारले आजदेखि लागु हुने गरी रातको १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि नै राष्ट्रिय राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने प्रस्ताव गरिए पनि विचाराधीन अवस्थामा थियो । सोमबार तीन हजार ५४८ नयाँ संक्रमित थपिएसँगै दिल्लीमा कुल संक्रमितको संख्या ६ लाख ७८ हजार ९६२ पुगेको जनाइएको छ ।

सोमबार पनि भारतमा ९० हजार बढी नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमित हुनेको संख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्