बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आज र भोलि काठमाडौंमा उच्च वायु प्रदूषण     नियन्त्रणको जिम्मा स्थानीय सरकारलाई दिँदा प्रभावकारी हुन्छ : वातावरण विभाग
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । काठमाडौंमा अझै केही दिन वायु प्रदूषण स्थिर रहने भएको छ । कम्तिमा आज र भोलिसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने भएको हो । 

पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद् राजु प्रधानाङ् बताउँछन् । “आज र भोलि अझै काठमाडौंमा वायु प्रदूषण घट्ने अवस्था छैन । काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना देखिएको छैन । त्यसैले अहिलेकै अवास्था अझै आज र भोलि रहने छ,” उनी भन्छन्, “सोमबार जस्तै आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहने छ । उच्च वायु प्रदूषणका कारण भिजिविलिटी कम हुने छ ।” 

हिजो काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने मौसमविद् प्रधानाङ बताउँछन् । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन । 

Agani Group

कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । “कति स्थानमा एक्यूआई ३०० अंक नाघेको छ । यो भनेको स्वास्थ्यका लागि निकै खराब अवस्था हो, यसबाट बच्न हामीले सचेत हुनुपर्छ । सकेसम्म घरबाहिर निस्किनु हुँदैन,” वातावरण विभागका प्रवाक्ता तथा उप–महानिर्देशक इन्दूविक्रम जोशी भन्छन्, “बच्चा र बृद्ध–बृद्धालाई यसले तुलनात्मक रुपमा धेरै असर गर्छ त्यसैले उनीहरुलाई यसबाट जोगाउनु पर्छ ।”

डडेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागको भनाइ छ । नेपालभर सयौं स्थानमा डडेलो लागेको र त्यो निन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने प्रवक्ता जोशीको भनाइ छ । 

sarbottam cement

“सयौं ठाउँमा डडेलो लागिरहेको छ । यसलाई नियन्त्रण गर्ने हामीसँग स्रोत साधन छैन । न हामीसँग डडेलो नियन्त्रणका लागि पानी बोक्ने हेलिकोप्टर छ र अन्य कुनै स्रोतसाधन नै छ,” प्रवक्ता जोशी भन्छन्, “टेप्प्रेचर बढ्दै गएपछि पानी पर्ने छ, र त्यसपछि डडेलो नियन्त्रण हुने छ भन्ने हाम्रो अपेक्षा छ ।” ठूलो हावाहुरी चलेको अवस्थामा पनि वायु प्रदूषण केही कम हुने उनी बताउँछन् ।  

डडेलो नियन्त्रण तथा वायु प्रदूषण रोक्न स्थानीय निकाय नै सक्रिय हुनुपर्नेमा उनको जोड छ । स्थानीय निकायले निहित स्वार्थका लागि डडेलो लगाउने चलनलाई अन्त्य गर्न जनचेतना जागाउन सक्ने तथा ठुलठूला अग्नी नियन्त्रण रेखा बनाएर डडेलो नियन्त्रण गर्नसक्ने उनको भनाइ छ । 

प्रदूषणबाट बच्न संघीय सरकारलेभन्दा पनि अवस्था हेरेर स्थानीय सरकारले निर्णय गर्नसक्ने विभागको भनाइ छ । “काठमाडौंमा भएको वायु प्रदूषण पूर्वी नेपालमा नहुन पनि सक्छ त्यसैले वायु प्रदूषणबाट बच्ने उपाय अपनाउने र निर्णय गर्ने अधिकार स्थानीय निकायलाई दियो भने प्रभावकारी हुन्छ,” विभागका प्रवक्ता जोशी भन्छन् । 

गत वर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम भएको थियो । डडेलो नलागेको तथा लकडाउनका कारण सवारी साधन नचलाउँदा प्रदूषण नभएको प्रदूषण कम भएको स्मरण गर्दै जोशी भन्छन्, “डडेलो नलागेको र न्यून सवारी साधन चलाएको अवस्थामा वायु प्रदूण हुँदैन । र मौसम सफा देखिन्छ । सवारी साधान नै नचलाउन त सकिँदैन । तर, डडेलो नलाग्ने हो भने स्वास्थ्यलाई नै असर गर्ने तहमा वायु प्रदूषण हुँदैन ।” 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्