साहित्य

मुम्बई । बलिउड अभिनेता विकी कौशल पनि कोरोना संक्रमित भएका छन् । बलिउडमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएसँगै एकपछि अर्को बलिउड स्टारहरु यसको चपेटामा परिरहेका छन् ।
आइतबार मात्रै अक्षय कुमार र गोविन्दामा कोरोना संक्रमण देखिएको थियो भने आजै भूमि पेडनेकरपछि विकीमा पनि कोरोना देखिएको हो । विकीले इन्स्टाग्राममा मार्फत आफू संक्रमित भएको जानकारी दिँदै पछिल्लो समय सम्पर्कमा आएकालाई परीक्षण गराउन सुझाव दिएका छन् ।
अहिले उनी आवश्यक सावधानी अपनाएर होम–आइसोलेसनमा छन् । यसअघि रणवीर कपूर, आलिया भट्ट, सञ्जय लीला भन्सालीलगायत बलिउडकर्मीहरु संक्रमित बनिसकेका छन् ।
नवभारत टाइम्स
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ १५:२७
प्रतिक्रिया दिनुहोस्