site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफको पुनरागमन जित (तस्बिरसहित)

काठमाडौं । पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टिम एपीएफ क्लबले पुनारागमन जित निकालेको छ ।

सोमबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा पहिलो सेट २५–१९ मा गुमाएको एपीएफले लगातार तीन सेटमा जित निकाल्यो । 

एपीएफले त्यसपछि सेट २५–१०, २५–१७ र २५–२२ ले जित्दै खेल आफ्नो नतिजा पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत नै सोमबार भएको पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषद्ले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पराजित गर्दै पहिलो जित निकालेको थियो । पहिलो जित निकाल्ने क्रममा भरतपुरले ढोरपाटनमाथि २५–२१ , २५–१२ र २५–१३ को सेटमा हरायो ।

तस्बिर : सुनिल प्रधान
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १४:५३
प्रतिक्रिया दिनुहोस्