site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मदनकृष्णसामु बियोन्सेले जब आँसु खसालिन्...

काठमाडौं । ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से कलाकार मदनकृष्ण श्रेष्ठसँग बुधबार काठमाडौंमा भेटिन् । युगान्डाको झण्डाअंकित पहिरनसहित उनी मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी थिइन् ।

केही समयअघि मदनकृष्ण श्रेष्ठले पनि यस गीतको ‘लिजेन्डरी भर्जन’ गाएका थिए । त्यही गीत बियोन्सेले पनि गाएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बियोन्सेले यो गीत गाएपछि चौतर्फी चर्चा चल्यो । उनले गीत गाएपछि श्रेष्ठले बियोन्सेसँग भेट्ने इच्छा व्यक्त गरेका थिए । 

केही दिनपछि बाह्रखरीको सम्पर्कमा आएकी बियोन्सेले आफू मदनकृष्णबाटै प्रभावित भएर यो गीत गाएको बताइन् । 

दुवैले एकअर्काको प्रशंसा गरेपछि बुधबार भेट जुर्‍यो । भेटमा सुरुमा दुवैले एकअर्कालाई अभिवादन गरे आत्मीयता साटे पनि । 
मदनकृष्णकै अगाडि बियोन्सेले श्रेष्ठकै नक्कल गर्दै गीत पनि गाइन् ।

गीत सुनेपछि उनले प्रशन्नता व्यक्त गरे । अन्त्यमा आफूले नेपालका दिग्गज कलाकारलाई भेट्न पाएकोमा निकै उत्साहित भएको बताइन् । 

आफू उत्साहित भएको बताइरहँदा बियोन्सेले आफूलाई सम्हाल्न सकिनन्  । उनको आँखाबाट प्रसन्नताको आँसु झरिरहेका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्