बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चीनद्वारा हङकङको चुनावी कानुन परिवर्तन, चीनप्रति बफादारीको माग 
बाह्रखरी - मंगलबार, चैत १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बेइजिङ । चीनले हङकङमा आफ्नो नियन्त्रण बढाउने गरी यहाँको चुनावी नियममा परिवर्तन गरेको छ । शक्तिशाली पदमा ‘देशभक्त’ व्यक्ति मात्र उम्मेदवार होउन् भन्ने उद्देश्यले सुधार गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चीनको यो कदमले विपक्षि दललाई हङकङको संसदबाट बाहिरै राख्ने र प्रजातन्त्रको अन्त्य गर्ने आलोचकहरुले चेतावनी दिएका छन् । कानुन परिवर्तनको अर्थ चीनप्रति भावी सांसदको बफादारी ‘परीक्षण’ हुनेछ ।

Agani Group

यसअघि बेइजिङको ‘रबर स्ट्याम्प’ संसदले नेशनल पिपुल्स कंग्रेस (एनपीसी)को बैठकमा कानुन परिवर्तन गर्ने योजनालाई स्वीकृत गरेको थियो । चीनसम्बन्धी ठूला निर्णय लिने उक्त अंग एनपीसीको स्थायी कमिटीले मंगलबार उक्त योजना सर्वसम्मत पारित गरेको हो । यसले हङकङको ‘मिनी–कन्स्टीच्युसन’ (सानो–संविधान)लाई संशोधन गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङको पार्लियामेन्टरी लेजिस्लेटिभ काउन्सिल (लेगको)ले यस सम्बन्धी विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने समाचारमा बताइएको छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्