site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड, बाबुराम, वैद्य र विप्लव एकठाउँमै उभिएलान् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार गृहमन्त्री रामबहादुर थापा 'बादल', मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालगायतका नेता अहिले माओवादी केन्द्रमा सक्रिय हुनुपर्ने हो । त्यतिमात्रै होइन माधवकुमार नेपालसहितका नेताहरु केपी शर्मा ओलीसँगै रहनुपर्ने हो ।

पार्टीको निर्णयअनुसार बादलसहितका मन्त्रीहरु सरकारबाट फिर्ता भइसक्नुपर्ने थियो । तर, उनीहरु नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेर ओलीलाई साथ दिएका छन् ।

अहिले राजनीतिक वृत्तमा फेरि प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य र विप्लवसहितका नेता एकठाउँमा उभिने तयारी गरेको चर्चा पनि चलिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, यो कुराको पुष्टि भने हुन सकेको छैन । माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहालका सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तै संकेत गरेका छन् ।

उनले सबै कम्युनिष्टहरु एक हुनुपर्ने धारणा राख्दै आएका छन् ।

Global Ime bank

पूर्वमाओवादीका केन्द्रका नेता गोपाल किराँतीले सबै नेता एकैठाउँमा उभिने प्रस्तावसहितको पत्र पनि प्रचण्डसहितका नेतालाई पठाइसकेका छन् तर त्यसको जवाफ आउन नसकेको उनले बताए ।

एक हुन किराँतीले राखे प्रस्ताव 

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गोपाल किराँतीले निर्वाचन आयोगमा माओवादी केन्द्र दर्ता गराए । तर सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले विकल्पमा पार्टीको नाम र निर्वाचन चिह्न लिन बोलाएको छ ।

यसैबेलामा किराँतीले पूर्वमाओवादी केन्द्रका नेताहरुबीच एकताको प्रस्ताव राखेका हुन् ।

किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई,  नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पूर्व माओवादी एक हुनका लागि पत्र पठाएका छन् ।

“हामीले प्रचण्ड, बाबुराम, वैद्य, विप्लवलाई पूर्वमाओवादी नेताहरु एकैठाउँमा उभिनुपर्छ भनेर पत्र लेखेका हौँ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “हामी समाजवाद भन्छौं । वैद्य जनगणतन्त्र भन्नुहुन्छ । त्यो सबै एउटै हो त्यसैले एकता गरौँ भन्ने मेरो प्रस्ताव हो । एउटै पार्टी बनाउनुपर्छ भनेर प्रस्ताव गरेका छौँ ।”

एक हुने अवस्था होला ?

माओवादी केन्द्रले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सत्ता समीकरणका लागि माओवादी, प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल पनि  भए । तर, निष्कर्ष भने निस्किएको छैन ।

यसैबीच माओवादी र जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसँग एकताको चर्चा पनि चल्न थालेको छ । 

पछिल्लोपटक दाहाल र भट्टराईबीच भेटघाट पनि बाक्लिएको छ । तर, प्रचण्ड र बाबुरामको वार्ता एकताको तहसम्म पुगिनसकेको दुवै नेताका सचिवालयले जिकिर गरे ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा छलफल हुनु स्वाभाविक भए पनि एक हुने विषयमा प्रवेश नगरेको जिकिर गर्छन् ।
“राजनीतिक स्तरमा छलफल हुनु स्वाभाविक हो, एक हुनेगरी कुरा भएको छैन,” उनले भने ।

त्यस्तै भट्टराईका स्वकीय सचिव रोशन पोखरेल पनि एक हुने विषयमा छलफल नभएको बताउँछन् । प्रधानमन्त्री हटाउने र संविधानको रक्षाका विषयमा मात्रै छलफल भएको उनले सुनाए । 

“एजेण्डा एकताको होइन । ओलीको बहिर्गमन र संविधानको रक्षार्थ लोकतान्त्रिक टिमसँग गठबन्धन गर्ने र सरकार निर्माण पहिलो प्राथमिकता हो । छलफल त्यसमै केन्द्रित छ । पछि सहकार्य गरेर जान सक्ने कुरा त छँदैछ,” उनी भन्छन् । 

किराँतीको पत्र आए पनि त्यो विषय अहिले प्राथमिकतामा नरहेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement