site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारकै कारण फेष्टिभलहरु एनजीओका एजेन्डा बोक्न वाध्य भए
SkywellSkywell

नेपालका फिल्म फेष्टिभल सुरु भएको तीन दशक नाघिसकेको छ । यसबीचमा कति फेष्टिभल एकाध वर्ष आयोजना भएर बन्द भइसकेका छन् । स्पोन्सर अभावमा फेष्टिभलहरु बन्द हुँदै आएका छन् । अहिले सञ्चालनमा रहेका फेष्टिभलका आयोजकहरु पनि अवस्था अहिलेको जस्तै रहे आर्थिक अभावकै कारण जुनसुकै समय फेष्टिभल बन्द हुनसक्ने बताउँछन् । सरकारले पर्याप्त सहयोग नगर्नु र निजी क्षेत्रले चासो नदेखाउँदा फेष्टिभलहरुले आर्थिक अभाव झेल्नु परेको आयोजकहरुको भनाइ छ । आउँदो वैशाख २३–२७ सम्म नेपाल इन्टरनेशनल फिल्म फेष्टिभल (निफ) आयोजना हुँदै छ । आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक सरकारले पर्याप्त सहयोग नगरेको र कर्पोरेट हाउसहरुले फेष्टिभललाई अवार्डका रुपमा बुझ्न नसकेको बताउँछन् । आर्थिक अभावका कारण फेष्टिभलहरुले एनजीओका एजेन्डा बोकेर हिँड्नुपर्ने बताउँछन् । पाठकसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
० ० ०

नेपालमा हुने एकाध फिल्म फेष्टिभल मध्येको एक निफ केही समयपछि सुरु हुँदै छ । कस्तो तयारी ? 
तयारी गरिरहेका छौं । के–के विषयमा बहस चलाउने भनेर छलफल गरिरहेका छौं । जुरुका लागि वामअप गरिरहेका छौं । मास्टर क्लास दिने मेकर जसले नेपाली मेकरहरुलाई मोटिभेसन गर्न सक्छन्, त्यस्तो मेकर भारतबाट ल्याउने तयारी गरिरहेका छौं । यसका लागि तीन÷चारजना विकल्पमा राखेर काम गरिरहेका छौं । व्यस्थापकीय कामहरु गरिरहेका छौं । अर्को मुख्य पक्ष स्पोन्सरका लागि दौडधुप चलिरहेको छ । 

अपेक्षित राम्रा फिल्म प्राप्त भएनन् भने फेष्टिभलको के औचित्य ? 
अपेक्षित भन्ने कुरा केही हुन्छ भन्ने लाग्दैन किन भने यो इन्टरनेशनल फिल्म फेष्टिभल हो । अरु फेष्टिभलमा रिकगनाइज भएका अथवा नयाँ तर राम्रा चलचित्र छान्ने हो । हामीले संसारभरीका कथाहरुको उत्सव भनेर स्लोगन नै बनाएका छौं । ती देशका कथाहरुको प्रतिनिधित्त्व गर्ने, देश बोल्ने कथा भएका चलचित्र ल्याउने हो । राम्रो न्यारेटिभ भएका चलचित्र, राम्रो र क्रिएटिभ जुरी कमिटी नै फिल्म फेष्टिभलको आकर्षण हो । 

KFC Island Ad
NIC Asia

कोरोनाका कारण सम्पूर्ण पेशा–व्यवसाय लामो समय बन्द भएर भर्खर सुरु भएका बेला फेष्टिभल गर्न कतिको गाह्रो होला ?
कोरोनाले हामीलाई खासै प्रभाव यसअर्थ परेको छैन, अघिल्लो वर्ष पनि हामीलाई निजी क्षेत्रबाट खासै स्पोन्सर भएको थिएन । चलचित्र विकास बोर्ड, नगरपालिका, महानगरपालिका तथा होटलहरुसँग बार्टर गरेर फेष्टिभल गरिरहेका छौं । कर्पोरेट हाउस तथा एनजीओ–आईएनजीओबाट हामीले स्पोन्सर पाएका छैनौं । 

यो वर्ष चाहिँ प्रयास गरिरहेका छौं, हेरौैं सफल भइन्छ अथवा भइँदैन । हामीले ठूलो परिमाणमा बजेट जुटाउँदै आएको भए अहिलेको अवस्थामा असर पर्ने थियो होला । तर, त्यसो नभएकाले खासै असर पर्दैन । 

Royal Enfield Island Ad

सिनेमा उद्योग अझै ठप्प छ, यस्तो अवस्थामा फेष्टिभल आयोजना गर्दै हुनुहुन्छ । असहज अवस्थामा अलि हतार भएन र ?
इमान्दिरारिता पूर्वक भन्ने हो भने खासमा निरन्तरता दिउँ भन्ने नै हो । कुनै वर्ष गरिएन भने त्यसको विश्वस्नियता घट्छ । कतिले रेगुलर गर्ने भनेर अनलाइन गरिसक्नु भएको छ । तर, हामीले फिजिकल रुपमै गरौं भनेर शरीरिक रुपमा उपस्थित भएर गरौं भन्ने सोच्यौं । 

अर्को उद्देश्य फिजिकल रुपमा आयोना गर्दा चलचित्र हेरिन्छ, छलफल हुन्छ, भेटघाट र अन्तरक्रिया हुन्छ । केही मात्रै विदेशी आए भने पनि उनीहरुसँग सम्बन्ध विस्तार हुन्छ । यसले फिल्म क्षेत्रलाई पनि चलायमान गराउन केही हदसम्म सहयोग गर्छ । सिनेमा हल सुरक्षित छ भन्ने दर्शकमा विश्वास बढाउँछ । यसकै लागि हामीले तीन महिना पछि सार्यौं । 

नेपालमा फिल्म फेष्टिभल सुरु भएको तीन दशक भए पनि यसको उपलब्धी खासै नदेखिएको चलचित्रकर्मीहरु नै बताउँछन् नी ?
सबै कुरा सबैलाई मन पर्छ भन्ने छैन । अहिले जति पनि नेपाली फिल्म विदेशी फिल्म फेष्टिभलमा गएका छन् त्यसमा नेपाली फिल्म फेष्टिभलकै हात छ । नेपालमा फिल्म फेष्टिभल हुँदैन थियो भने नेपालमा फिल्म लिट्रेसी बढ्दैन थियो । नेपाली फिल्म मेकरहरुले एक्सपोजर पाउँदैन थिए । विदेशी फिल्म कम हेर्थे । विदेशी फिल्म मेकरहरुसँग सम्बन्ध हुँदैन थियो । नेपाली फिल्म विदेशका फिल्म फेष्टिभलमा पुग्नुमा कम्तिमा ८० प्रतिशत भूमिका फिल्म फेष्टिभल कै छ । 

राज्यको नीति नियम र सहयोग गरेर, फिल्म मेकर विदेशमा पढेर आएर विदेशी फेष्टिभलमा गएका होइनन् । जतिले राम्रो गर्नु भएको छ । यहीँ पढेर, काम गरेर, स्वअध्ययन गरेर गर्नु भएको हो ।

विश्वका अब्बल सिनेमा तथा मेकरहरुलाई नेपाली फिल्म फेष्टिभलहरुले ल्याउन सक्नुको कारण के हो ?
यसका लागि हरेक फिल्म फेष्टिभलमा हाम्रा चलचित्र पुग्नुपर्छ र त्यहाँ नोटिस पनि हुनुपर्छ । नेपाली चलचित्रको बजार विश्वभर हुनुपर्छ । तर, हाम्रा चलचित्र नेपालबाहिर जानै सकेका छैनन् । तीन दशकदेखि नेपालमा फिल्म फेष्टिभल भए पनि त्यसले मार्केट बनाउन सकेको छैन । निरन्तरताका लागि मात्रै फेष्टिभल भइरहेका छन् । संसारका फिल्म मेकरका लागि नेपालका फिल्म फेष्टिभल राम्रो प्लेटफर्म हो । यहाँ चलचित्र प्रदर्शन भएपछि विश्वमा बजार पाइन्छ । कथा पिच गर्न पाइन्छ र निर्माता भेटिन्छ ।  सेल्स एजेन्ट पाइन्छ भन्ने जबसम्म विश्वास दिलाउन सकिँदैन र त्यो वातावरण बन्दैन त्यो समयसम्म विश्वका ठूला फिल्म मेकर र तीनका फिल्म नेपालमा आउँदैनन् । केही फिल्म मेकर आउँदै नआएका होइनन् । तर, व्यक्ति ल्यानु ठूलो कुरै होइन । कान्स, बुसान, भेनिस, टोरन्टो जस्ता फेष्टिभल ताकेर बसेका चलचित्रहरु ल्याउनु चाहिँ ठूलो कुरा हो । बुसानका लागि बनाइएका हाम्रै चलचित्र हामीलाई दिन नेपाली मेकर अफ्ठ्यारो मान्छन् । यो समस्या अहिले हामी भोगिरहेका छौं । 

त्यो ब्रान्ड बनाउन नसकेको तपाईंहरुले नै त हो नि ?
हामीले बनाउन नसकेको हो भन्ने स्विकार्नै पर्छ । तर, यसको कारण के हो भन्ने कुरा बुझ्नुपर्छ । पहिलो पक्ष त बजेट नै हो । हरेक देशमा ठुल्ठूला फेष्टिभल सरकारले गर्छ । त्यहाँ बजेटको अभाव हुँदैन । अथवा विश्वासको अभाव हुँदैन । तर, हामी कुनै एक संस्थाले आयोजना गरिरहेका छौं । पैसाको अभाव छ । कुनै राम्रो मेकर ल्याउनु पर्यो भने हामी बिजनेस क्लासको सिट दिन सक्तैनौं । यहाँ ल्याएर फाइभ स्टारको स्विट रुममा राख्न सक्तैनौं । यसका लागि स्पोन्सर नै खोज्नुपर्छ । सरकारले खर्च गर्दैन । सरकारले गर्ने भए सबैले सहजै विश्वास गर्छ । सांघाई फिल्म फेष्टिभल सरकारले गर्छ । बेइजिङ फिल्म फेष्टिभलको अध्यक्ष नै बेइजिङको मेयर छन् । भारतकै अधिकांश फिल्म फेष्टिभल सरकारले आयोजना गर्छ । सरकारले बोलाएको अवस्थामा जुनसुकै देशका ठूला फिल्म मेकर आउँछन् । हामी पनि नसक्ने होइन तर बजेट छैन । हामी सबै भोलेन्टियर काम गरिरहेका छौं । हामी विना स्टाफ काम गरिरहेका छौं । 

विश्वका ठूला फिल्म फेष्टिभलहरुसँग सहकार्य गर्न नसक्नुको कारण पनि बजेट अभाव नै हो ? 
हो । उनीहरुका फिल्म फेष्टिभलमा गएर हामी एउटा स्टल पनि राख्न सक्तैनौं । कान्समा स्टल राख्न पाइन्छ । तर, हामी बजेट अभावमा राख्नै सक्तैनौं । अमेरिका फिल्म मार्केट छ, त्यसमा एउटा स्टल राख्न चार÷पाँच हजार डलर तिर्नुपर्छ । हामी सक्छौं ? सक्तैनौं । हामीले केही वर्षदेखि प्रतिष्ठित केही फेष्टिभलमा नेपाली केही स्टल राखौं र केही सीमित मेकहररुलाई भए पनि पठाउँ भनेर चलचित्र विकास बोर्डलाई भनिरहेका छौं । तर, खोई यसमा तदारुकता ?

सरकार मात्रै होइन ठूला बिजनेस घरानाको पनि लगानी छैन । तपाईंहरुले यसको महत्त्व बुझाउन नसकेको हो ?
हो । तर, सत्य के हो भने निजी क्षेत्रले ग्ल्यामरस खोज्छ । को हिरो र को हिरोइन आउँछ भनेर सुरुमै सोध्छन् । प्रचार कसरी हुन्छ, कति विज्ञापन कुन माध्यममा आउँछ ? ध्यान त्यसमा हुन्छ ।  

फिल्म फेष्टिभल भनेको प्रचार मात्रै होइन । यसमा बौद्धिक बहस पनि हुन्छ । बौद्धिक समुदायमा पनि हाम्रो प्रचार होस् । हाम्रो उत्पादनबारे जानकारी हुन्छ भन्ने निजी क्षेत्रले बुझिरहेको छैन । निजी क्षेत्रको पहिलो प्रश्न– तपाईंहरुको ब्रान्ड एम्बेस्डर को हो ? ओपनिङ सेरेमोनी र क्लोजिङ सेरेमोनीमा को–को सेलिब्रिटी आउँछ ? रेडकार्पेटमा को–को आउँछन् ?

उसले अवार्ड कार्यक्रम भन्ने बुझिरहेको छ फिल्म फेष्टिभललाई । फेष्टिभल भनेको के हो भनेर हामीले कर्पोरेट हाउसहरुलाई बुझाउनै सकिरहेका छैनौं । उसले सुन्नै चाहँदैन । हामीले बुझाउने समय नै पाइरहेका छैनौं । भलै बुझाउने प्रयास जारी छ । 
हामी टाइटल स्पोन्सर दिँदैन थियौं । तर, अब हामी पाएको खण्डमा टाइटल स्पोन्सर पनि दिने सोचिरहेका छौं । 

केही नेपाली फिल्म फेष्टिभल बन्द भइसके, केहीले आर्थिक अभावमा जुनसुकै बेला बन्द गर्न सक्छौं भन्नुभएको छ । केही वर्षपछि नेपाल फिल्म फेष्टिभलविहीन हुने अवस्था आउँदै छ ?
यो सम्भावना छ । लामो समयदेखि फेष्टिभल गरेर ब्रान्ड बनाइसकेकाहरुलाई पनि गाह्रो भइसक्यो । थिम्याटिक फेष्टिभलहरुलाई झन बढी कठिन छ । हामी राम्रो चलचित्र राख्छौं । नेपाली र विदेशी दुबै राख्छौं । जबसम्म फिल्म फेष्टिभल हाम्रा लागि नै हो भनेर हामी बुझाउन सक्तैनौं त्यो समयसम्म कठिन छ । हामी ओपन भएकाले अरुलाईभन्दा केही सहज होला तर समग्रमा कठिन छ । 

अरु देशमा सरकार आफैंले फिल्म फेष्टिभल गर्दै आएको छ । तर, नेपालमा गर्दैन किन ? 
सरकारसँग पनि पैसा छैन । त्योभन्दा पनि अर्को पक्ष चासो छैन । चलचित्र क्षेत्रको नियमन गर्न चलचित्र विकास बोर्ड छ । तर, यसलाई सरकारले बजेट दिँदैन । हिन्दी चलचित्रको प्रदर्शनबापत केही प्रतिशत विकास बोर्डले राख्ने हो । 

विकास बोर्डमा न फाइनान्स विज्ञ राख्ने प्रावधान छ न सुरक्षा विज्ञ राख्ने चलन छ । तर, नेपालभरका सिनेमा हलको पैसा विकासबोर्डले उठाउनुपर्छ भनेर सरकार भन्छ । कर सरकारले उठाऊ बोर्डलाई ३० अथवा ४० करोड देऊ भनेर हामी भन्दै आएका छौं । तर, सरकारले सुनेको छैन । 

कसैको एजेन्डा उठाउन पाउँदैनौं । कलात्मक फेष्टिभल गर भनेर सरकारले वार्षिक ५ करोड रुपैयाँ दिने हो भने नेपालमा दुई/तीनवटा राम्रा फेष्टिभल चलाउन सकिन्छ । 

अहिलेका फिल्म फेष्टिभलहरुले एजेन्डा बोकेर हिँडिरहेका छन् ? 
एजेण्डा त सबैले बोक्नुपर्ने भयो । तपाईंसँगको यो कुराकानीपछि म एनजीओ जाँदैछु । कर्पोरेट हाउसलाई प्रस्ताव गर्दैछु । एजेन्डा पनि एक लाख दुई लाख/तीन लाखमा बोक्नुपर्छ । थोपा–थापा बटुलेर फेष्टिभल आयोजना गर्नुपर्छ । सबै फेष्टिभलले प्यानल डिस्कसनमा एजेन्डा बोक्ने नै हो । उनीहरुले सामाजिक विषय उठाइरहेका हुन्छन् । त्यसलाई फिल्मसँग जोड्ने हो । काम नलाग्ने विषय त हुँदैन । तर, बजेट अभावमा सम्झौता गर्न आयोजक वाध्य हुन्छन् । जति राम्रो गर्न सकिन्थ्यो त्यति गर्न सकिँदैन । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro