site stats
बाह्रखरी :: Baahrakhari
देश
थपिए ७३ संक्रमित, तीनजनाको मृत्यु

काठमाडौं । कोभिड-१९ संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको छ ।

विगत चौबीस घण्टामा तीन हजार ४९ जनाको पीसीआर परीक्षण गरिएकामा ७३ जनाको नतिजा पोजिटिभ आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ६४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६१ जना छन् भने आइसोलेसनमा ९६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्