
क्यानडा । क्यानडामा रहेका साहित्यिक श्रष्टाहरुको जूम मिटिङ्ग मार्फत नेपाली साहित्य समाज क्यानडाको अधिबेशन सम्पन्न भएर नयाँ कार्य समिति चयन भएको छ । खेम गुरागाईको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ। कार्य समितिको उपाध्यक्षमा युवराज भण्डारी(मन्ट्रियल), महा-सचिबमा मोहन खरेल(टोरण्टो), सचिवमा पारु पाण्डे(ब्र्याम्पटन), कोषाध्यक्षमा पुण्यसागर मरहट्टा(अरोरा) तथा सदस्यहरुमा अनुप न्यौपाने(टोरण्टो), कुशुम ज्ञवाली(क्यालगरी), राजेन्द्र कार्की(भ्यानकुभर) र मुक्ति गौतम(टिमिन्स) रहनु भएको छ। निबर्तमान सभापती रविन थपलियाको सभापतित्वमा शुरु भएको कार्यक्रमको सञ्चालन निबर्तमान महासचिब खेम गुरागाईले गरेका थिए ।
क्यानडाका लागि नेपालका राजदुत भृगु ढुङ्गाना र महा-बाणिज्यदुत कुञ्जरमणी शर्माको बिशेष आतिथ्य रहेको कार्यक्रममा साहित्य समाजका भूतपूर्व अध्यक्षहरु गोबिन्द सींह रावत, मुक्ति गौतम र रविन थपलिया तथा सल्लाहकार तुलसी धरेल र गोपीकृष्ण काफ्ले तथा समाजका पूर्व उपाध्यक्ष राधिका अर्याल, सदस्य अनुप न्यौपाने, राजेन्द्र कार्की, युवराज भण्डारी, मानकाजी श्रेष्ठ “जेना”, कुशुम ज्ञवाली, पुण्यसागर मरहठ्ठा, शिशिर पाण्डे, पारु पाण्डे, रबिन्द्र घिमिरे, बिरेन्द्र लम्साल लगायत बक्ताहरुले आ-आफ्नो मन्तब्य राख्दै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना र निबर्तमान कार्य समितिका अध्यक्ष रविन थपलिया र कार्य समितिलाई उहाँहरुले गरेको योगदानको लागि धन्यवाद समेत दिएका थिए ।