site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन् । 

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।  शुक्रबार अस्पताल भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । 

सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नुका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । रासस

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्