site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कमलपोखरीमा बनेको सिमेन्टको फूल भत्काइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कमलपोखरीमा बिहीबार ढलान राखिएपछि काठमाडौंका अभियन्ताले विरोध जनाएका छन् । अभियन्ता र स्थानीयहरु विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी गर्दै कमलपोखरी पुगेका थिए । उनीहरुले ढलानको फूल चाहिँदैन, कृतिम पोखरी चाहिँदैन, पर्यावरण मास्न पाइँदैन लगायतका नारा लगाउदै कमलपोखरी पुगेका थिए । उनीहरुले घनले ढलान फुटाउन सुरु गरे पछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

“कमलपोखरीको आन्दोलन प्राकृतिकरुपको नै बनोस्, विकासको नाममा विनास नहोस् भनेर कयौँ दिन बितिसक्दा पनि ठेकेदार र महानगरले काम रोकेको छैन,” सर्वोच्चमा मुद्दा हाल्दा पनि काम नरोकिएको आक्रोस पोख्दै अभियन्ता आलोक तुलारले  भने “प्रकृतिमैत्री पोखरी भएन भन्दा भन्दै सिमेन्टको फूल राख्न सुरु भयो । त्यहि भएर स्थानीयहरुले सिमेन्टको फुल भत्काएका हुन् ।”

कमलपोखरीमा प्राकृतिकरुपमा पानी जम्मा हुने भएकोले त्यसको दोहन गर्न नहुने अभियन्ताहरुको भनाइ छ । काठमाडौं महानगरका मेयरले चाहे भने कमलपोखरी जोगिने उनीहरु बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC