site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाका कारण थप ८२ जनाको मृत्यु भएको सीसीएमसीद्वारा पुष्टि 
फाइल तस्बिर ।

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड–१९ का कारण थप ८२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।

हाल देशभर ७७० जना आइसोलेसनमा र ६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण यसअघि नै मृत्यु भएर गणनामा छुटेको तथ्यांक मिलान गरेर सार्वजनिक गरिँदा मृतकको संख्या धेरै देखिएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्