site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कमेडी च्याम्पियन सिजन–२ को औपचारिक घोषणा, फागुन २१ बाट प्रशारण हुने

काठमाडौं । स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो । 

पत्रकार सम्मेलनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनमा फागुन २१ बाट प्रशारण सुरु हुने जानकारी दिए । 

पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको भन्दै भण्डारीले यो सिजन गत वर्षकोभन्दा भव्य हुने दावी गरे ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै उनले कन्टेन्टमा केन्द्रित हुने बताए । 

यस वर्ष गत वर्षभन्दा प्रतिस्पर्धीलाई धेरै मिहिनेत गराइरहेको निर्देशक भण्डारीको भनाइ छ । 

पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका स्टेशन म्यानेजर दिनेश डिसीले कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको बताए । “यो अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौँ”, उनले भने, “पाँच वर्ष मात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।”

कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ । 

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।

कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् । 

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्