site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको मौसम आज सफा रहने

काठमाडौं । काठमाडौं उपत्यकामा आज मौसम सफा रहने छ । विहानबाट नै मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विहान साढे ६ बजेको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको र दिउँसो बढेर २३ डिग्री सेल्सियस पुग्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

आज विहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा मौसम सफा रहने विभागले बताएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।   

मौसमविद् श्रेष्ठका अनुसार मंगलबार र बुधबार पश्चिमी मौसमी प्रणालीको प्रभावका कारण प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

केहीदिन यता तापक्रममा बढेसँगै जाडोको महसुस कम हुन थालेको छ । विहान र बेलुका सामान्य चिसो महसुस भए पनि दिउँसो गर्मी सुरु भइसकेको मौसमविद् श्रेष्ठ बताउँछन् । 

उनका अनुसार मार्च १ बाट प्रि–मनसुन सुरु हुने छ । प्रि–मनसुन सुरु भएसँगै वर्षाको सम्भावना उच्च हुने छ । सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु हुने गरेको विभाग बताउँछ । 

यो वर्ष हिउँद याममा ठूलो वर्षा नभइ प्रि–मनसुनको समय आउन लागेको हो ।   
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०७:११
प्रतिक्रिया दिनुहोस्